वार्ताको आह्वान


बेइजिङ, (एजेन्सी)।अफगान शान्ति वार्ता जारी राख्न आह्वान गर्दै चीनले अमेरिका र तालिबान दुबैलाई अफगानिस्तानमा शान्ति मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई पक्षबीचको वार्ता बन्द भएको घोषणा गरेका थिए।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले अमेरिका र तालिबानबीच वार्ता रद्द भएकोमा पत्रकारहरूको प्रश्नको जवाफमा अफगानिस्तानको स्थितिमा एक महत्वपुर्ण मोड आएको बताए।

उनले अमेरिकाको प्रत्यक्ष नाम नलिइकन सबै विदेशी शक्तीलाई क्रमबद्ध तथा जिम्मेवार तरिकाले पछाडी हट्न आह्वान गरे।