नेयमारको गोलले हारबाट जोगियो ब्राजिल

0
Shares

एजेन्सी, अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल कोलम्बियासँग बराबरीमा रोकिएको छ । शनिबार बिहान अमेरिकामा भएको खेलमा ब्राजिल कोलम्बियासँग २–२ गोलको बराबरीमा रोकिएको हो । खेलको १९ औं मिनेटमा ब्राजिलका कासिमिरोले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछी खेलको ५ औं मिनेटमा कोलम्बियाका लुइस मुरिएलले गोल गर्दै टिमलाई बराबरीमा पुर्याए ।

त्यसपछी खेलको ३५ औं मिनेटमा मुरिएलले फेरी अर्को गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछी खेलको ५८ औं मिनेटमा नेयमारले गोल गर्दै टिमलाई बराबरीमा पुर्याए । त्यसपछी दुबै टिमबाट कुनै गोल हुन सकेन ।