२० लाख नदिए छोरीको ज्यान मार्ने धम्किसहितको पत्र


काठमाडौँ । काठमाडौँकाे एक घरमा २० लाख रुपैयाँ माग गर्दै नदिए छोरीको हत्या गर्ने र घर बमले उडाइदिने धम्किसहितको पत्र आएको छ । यस्तो पत्र आएपछि एक परिवार तनावमा परेको छ।

नागार्जुन नगरपालिका–९ आदर्श नगरटोलकी रेन्जु त्रिपाठीलाई यस्तो पत्र आएको हो। एकल महिला त्रिपाठीलाई चिठी दिनु भनि सोही घरमा भाडामा वस्ने व्यक्तिमार्फत चिठी पठाएको प्रहरीले जनाएको छ।

चिठीमा यही भदौ १७ गते १२ बजे बालाजु पुलमा पैसा लिएर आउनु , प्रहरी र आफन्तलाई जानकारी गराएमा र रकम नदिएमा छोरिलाई सिध्याई दिने र घरमा समेत वम राखी उडाई दिने धम्कि दिएको पीडितले प्रहरीलाई बताएकी थिइन्।

पत्र पठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको वेनिघाट रोराङ गाउँपालिका–५ घर भई हाल काठमाडौंको नयाँबजार धारागल्ली वस्ने २७ वर्षीय सन्तोष कँडेल रहेको प्रहरीले बताएको छ । उनीमाथी थप अनुसन्धान भइरहेको छ।