संविधान दिवस राजपाको लागी विरोध दिवस


काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले संविधान दिवसका दिनलाई विरोध दिवसका रुपमा मनाउने भएको छ।

आज राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

संविधान संसोधनको मुद्दा सम्बोधन नभएकोले राजपा नेपालले विगतमा संविधान जारी भएको मिति असोज ३ गतेलाई विरोध दिवसको रुपमा मनाउँदै आएकोमा सो कार्यलाई निरन्तरता दिदै आगामी असोज ३ गते देशव्यापी रुपमा विरोध दिवस जनाउने निर्णय गरेको विज्ञप्तीमा उलेख छ।