डेम्बेलेलाई लोनमा पीएसजी जान बार्सिलोनाको आग्रह

0
Shares

एजेन्सी । बार्सिलोनाले आफ्ना स्टार खेलाडी ओसमान डेम्बेलेलाई लोनमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० जान आग्रह गरेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । ‘एसइआर’ नामक मिडियाका अनुसार बार्सिलोनाका खेल निर्देशक इरिक अबिडाल तथा प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले फ्रेन्च स्टार डेम्बेलेलाई लोनमा पीएसजी जान आग्रह गरेका हुन् ।

अहिले डेम्बेले नेयमार सरुवाको एक विकल्प हुन् । बार्सिलोनाल डेम्बेलेलाई लोनमा पीएसजी पठाएर आफ्ना पूर्वस्टार नेयमार भित्र्याउने योजनामा छ । यद्यपि, २२ वर्षीय डेम्बेले भने बार्सिलोना छोड्ने मनसायमा नरहेको बताइएको छ । त्यैपनि बार्सिलोनाले उनलाई लोनमा पीएसजी जान आग्रह गरेको खबरमा उल्लेख गरिएको छ ।

बार्सिलोनाले यसका लागि डेम्बेलेलाई मनाउने प्रयास गरिरहेको जनाइएको छ । डेम्बेलेलाई फकाउन प्रशिक्षक भाल्भेर्डे र खेल निर्देशक अबिडाल नै लागिपरेका छन् । अथक प्रयास गर्दा पनि नेयमार फर्काउन असफल बनेको बार्सिलोनाले अहिले डेम्बेलेलाई हतियार बनाउन खाजेको छ । र, बार्सिलोनाले कीर्तिमानी रकममा पीएसजी गएका नेयमार फर्काउने अन्तिम तथा सहज उपाय यो नै भएको बताएको छ ।

पीएसजीका प्रशिक्षक थोमस टुचेलले केही समयअघि आफूलाई डेम्बेलेसहित माग गरेअनुरुपको रकम दिए नेयमार उपलब्ध भएको बताएका थिए । अहिले पीएसजीले बार्सिलोनालाई नेयमार दिन ठूलो रकमको माग गरिरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

बार्सिलोनाले ९पीएसजी०समक्ष राखेको पछिल्लो प्रस्ताव पनि पीएसजीले अस्वीकार गरेको छ । बार्सिलोनाले १ सय ६० मिलियन युरोसहित बोनसका प्रस्ताव राखेको थियो । तीन किस्तामा तिर्ने तरिकाले बार्सिलोनाले सो प्रस्ताव राखेको थियो । तर, सो प्रस्ताव पीएसजीले नकारेको हो । पीएसजीले आफ्नो मागभन्दा कम भएको भन्दै बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

गत मंगलबार मात्र ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले पीएसजीका प्रतिनिधिसँग पेरिसमा भेट गरी नेयमारको सरुवाको विषयमा निर्णायक छलफल गरेको थियो । मंगलबार दिउँसो बार्सिलोनाका सिइयो ओस्कार ग्राउ र बार्सिलोनाका प्रतिनिधिहरु नेयमारको सरुवा विषयमा अन्तिम निर्णय लिन पेरिस पुगेका थिए । तर, बार्सिलोनाले प्रस्ताव राखेको २ दिनपछि पीएसजीले सो प्रस्ताव अस्वीकार गरेको हो ।

मंगलबार बार्सिलोनाका प्रतिनिधिसँग भेटघाटका क्रममा पीएसजीले बार्सिलोनालाई १०० मिलियन युरोसहित फुलब्याक नेल्सन सेमेडोलाई मागेको थियो । तर, बार्साले आफ्ना कुनै पनि खेलाडी नदिने बताएको थियो । त्यैपनि बार्सिलोनाका प्रतिनिधि जाभियर बोर्डासले नेयमार भित्र्याउने विषयमा आफूहरू सहमति नजिक पुगेको दाबी गरेका थिए ।