परराष्ट्रमन्त्री ज्ञवाली माल्दिभ्स प्रस्थान

0
Shares

काठमाडौँ । माल्दिभ्समा आयोजना हुने हिन्द महासागर अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आइतवार राती त्यता प्रस्थान गर्नु भएको छ । दुई दिने सम्मेलन भोलि मंगलवारदेखि माल्दिभ्स्को राजधानी मालेमा शुरु हुँदैछ ।

चौथो सम्मेलनको नारा ‘हिन्द महासागर क्षेत्रको सुरक्षाः परम्परागत तथा आधुनिक चुनौती’ तय गरिएको छ । सम्मेलनमा विभिन्न ४० देशका देशका राष्ट्रप्रमुख, सरकारप्रमुख, परराष्ट्रमन्त्री, मन्त्री र अन्य सरोकारवाला अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीले भोलि मंगलबार सम्मेलनलाई सम्बोधन गर्ने उहाँका प्रेस संयोजक सुदन ज्ञवालीले बताउनुभयो । भ्रमणका क्रममा ज्ञवालीले माल्दिभ्सका समकक्षी अब्दुल्लाह शाहिद र अन्य मुलुकका प्रतिनिधीसँग भेटवार्ता गर्ने उहाँले जानकारी दिनुभयो ।