न्युज अफ नेपालका भण्डारीको बिदाइ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं
कामना न्युज पब्लिकेसन्स्अन्तर्गत न्युज अफ नेपालमा कार्यरत अनलाइन संवाददाता प्रदीप भण्डारीलाई बिदाइ गरिएको छ । उनी विगत १४ महिनादेखि कामना परिवारमा आवद्ध थिए । भण्डारीलाई नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखा र नेपाल समाचारपत्र सम्पादन विभागले एक कार्यक्रममार्फत बिदाइ ग¥यो ।

नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्ले, समाचार सम्पादक दीपक रिजाल, प्रतिष्ठान अध्यक्ष टीका बन्धन, सचिव यदु भट्ट लगायतले भण्डारीलाई खादा तथा टीका लगाएर बिदाइ गरे ।

सो अवसरमा बोल्दै समाचार सम्पादक रिजालले बिदाइ भएका भण्डारीले छोटो समयमा अनलाइन पत्रकारिताको सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेको उल्लेख गर्दै उनी अब जुनसुकै अनलाइनमा काम गर्न योग्य पात्र भएको बताए ।

बिदाइ भएका भण्डारीले आफूले यस संस्थामा रहँदा अग्रजहरुबाट पाएको मार्गनिर्देशनले अनलाइनको अभ्यास बुझ्ने र अनलाइन पत्रकारितातर्फ अघि बढ्ने हौसला मिलेको बताए ।