विप्लव कार्यकर्ता हुँ भन्दै सरकारी कार्यालयबाट रकम असुल्ने तीन जना प्रहरी फन्दामा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।
आफूलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विप्लव कार्यकर्ता हुँ भन्दै सरकारी कार्यालयबाट रकम असुल्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका– ७ का हाल काठमाडौँ बानेश्वर बस्ने ४२ वर्षीय बिश्वराज शर्मा, झापा भद्रपुर नगरपालिका– ८ घर भइ भक्तपुर मध्यपुर–३ गठ्ठाघर बस्ने ४१ वर्षीय सुवाश कोईराला र काठमाडौँ काडाँघारी बस्ने सोहि ठाउँका २४ वर्षीय सुभम घिमिरे रहेका छन् ।
उनीहरुले नेपालका विभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई नेकपा विप्लप समुहको काठमाडौं जिल्ला ईन्चार्ज हु धम्क्याउने गरेको प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले घरमा बम पड्काउने देखि ज्यानमार्ने समेत धक्मी दिने गरेका थिए ।

उनीहरु तीनै जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलिले शुक्रबार पक्राउ गरेको हो ।
प्रहरीले आइतबार पक्राउ परेका कोईरालाको साथबाट भने जनध्वनि साप्ताहिक समाचारपत्रको सम्पादक को परिचय–पत्र बरामद गरेको छ । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाईएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।