प्रवासी नेपाली एकता मञ्च स्पेन संयोजकमा शेर्पा

0
Shares

दीपेन्द्र गजुरेल, स्पेन । नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको दुई भातृ संगठन प्रवासी नेपाली मञ्च तथा नेपाली प्रगतिशिल मञ्च स्पेन विधिवत रुपमा एकता भएको छ ।
दुई संगठनका अध्यक्षसहितको कार्यसमितिको उपस्थितिमा संयोजकमा हेम शेर्पा र सचिवमा अशोक किरण न्यौपानेलाई सर्वसम्मत रुपमा चयन हु्नु भएको एकता घोषणा सभामा उपस्थित नेपाली जनप्रगतिशिल मञ्चका पुर्वी युरोपका महासचिव गंगा भुषालले जानकारी दिनुभयो ।

महासचिव भुषालले भन्नुभयो –‘स्पेनमा आ–आफ्नो ईतिहास बनाउन सफल दुई बामपन्थी संस्था एकता पछि शसक्त रुपमा सामाजिक क्षेत्रमा नेपाली समुदायलाई परेको अपठ्यारोमा सहयोगी बन्न थप जिम्मेवारी बढेको छ । एकता पछि संंयोजक शेपाले प्रवासमा रहेका नेपाली समुदायमा बामपन्थी आस्था भएकाहरुलाई गोलबद्ध बनाउदै हातेमालो गदै आगामी दिनमा एकतावद्ध भएर अगाडि बढ्ने बताउनुभयो ।

नेपालमा दुई कम्युनिष्टको एकता पछि पनि तीनका जनवर्गीय संगठनले एकतालाई केन्द्रको मुख ताकेर बस्दा पुर्णता पाउन नसकेपछि दुई संस्थाका पदाधिकारी मिलेर सर्वसम्मत रुपमा टुङ्गोमा पुर्याएका हुन् ।

विगत लामो समय देखि दुई ठूला पार्टी एकता पछि भातृ संगठनका अध्यक्षले केद्रको निर्देशन कुर्दा कार्यकर्तामा निरासा बढ्दै गएपछि आफ्नै पहलमा एकतालाई मुर्तरुप दिएको समेत संयोजक शेर्पाले बताउनुभयो । समितिका सचिव अशोककिरण न्यौपानेले भने विगतका तितामिठा कुरालाई विर्सेर भाबी कार्ययोजना सहित नेपाली समुदायहरुलाई थप सहयोगको भावनाले शिपमुलक तथा कागजपत्र नभएका नया नेपालीलाई क्षमतावान नेपाली बनाउनसंस्था त्यस तर्फ लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

एकता पश्चात नेपाली प्रगतिशिलका मञ्चका पूर्व अध्यक्ष अर्जुन आर्चायलाई युरोप कमिटीमा पठाउने सहमति सहित ३५ सदस्यीय कार्यसमिति चयन गरेको सचिव न्यौपानेले बताउनुभयो ।