बङ्गलादेश र कतारका लागि नवनियुक्त राजदूतद्वयद्वारा शपथ

0
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बङ्गलादेश र कतारका लागि नवनियुक्त नेपालका आवासीय राजदूतद्वय क्रमशः वंशीधर मिश्र र नारदनाथ भारद्वाजले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभयो ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो । रासस