रेडपाण्डाको छालासहित एक जना पक्राउ

0
Shares

बासुदेव शर्मा, जाजरकोट ।
विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको छाला सहित जाजरकोटका एक जना पक्राउ परेका छन । छेडगार नगरपालिका ५ का ५७ बर्षिय राम बहादुर घर्तिले रेडपाण्डा (हाव्रे ) को दुई थान छाला सहित प्रहरीले थलहवजारबाट पक्राउ गरेको हो ।

प्रहरीले रेडपाण्डाको दुई थान छाला सहित पक्राउ गरेका घर्ति र छाला डिभिज बन कार्यालयमा जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएस्पी श्याम बहादुर खत्रीले वताउनु भयो । यस्तो कुरा आएपछि वन कार्यालयले नै हेर्ने भएकोले वन कार्यालयलाई जिम्मा लगाएको वताउनु भयो ।

रेडपाण्डाको छाला सहित पक्राउ परेका घर्तिलाई राष्टि̯य निकुन्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार दुर्लभ वन्यजन्तु ओसारपसार कसुर सम्वन्धि मुद्धा चलाउने तयारी भएको डिभिजन वन कार्यालय जाजरकोटका रेन्जर पुर्ण बहादुर चन्दले वताउनु भयो । जिल्ला अदालत जाजरकोटले घर्तिलाई अनुसन्धानका लागी तिन दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको रेन्जर चन्दले वताउनु भयो ।

पक्राउ परेका घर्ति कसुर ठहरिए एक देखि १० वर्ष सम्म कैद अथवा दुई लाख देखि १० लाख सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा भएको रेन्जर चन्दको भनाई रहेको छ । जाजरकोटका कुशे , जुनीचाँदे र वारेकोट गाउँपालिकामा पाईने दुर्लभ रेडपाण्डाको चोरी शिकारी गरि छाला विक्रि गरेर रेडपाण्डा लोप हुने अवस्थामा भएकोले डिभिजन बन कार्याल र प्रहरीले निगरानी बढाउको जिल्ला प्रहरी प्रमुख डिएस्पी श्याम बहादुर खत्रीले बताउनुभयो ।

जिल्लामा बन्यजन्तुको चोरी शिकारी तथा काठ तस्करी गर्ने हरुको संख्य वढदै गएकोले सरोकारवाला निकायले कडाई नगरे प्राकृतिक सम्पदा चोरी भएर जाने स्थानियहरुको भनाई रहेको छ ।