पर्सामा करेन्ट लागेर एक महिलाको मृत्यु

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको रानीघाटमा डेरा गरी बस्दै आएका सखुवाप्रसौनी गाउँपालिका–२ प्रसौनी का लालबहादुर दासको श्रीमती ३६ बर्षिया रोमा देवी दासको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमै रहेको कलधारामा जडान गरिएको मोटरबाट करेन्ट सर्ट भई उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएकी रोमा देवीको नारायणी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।