यू–१९ मा नेपालको जित, बादुरालिया ८० रनले पराजित

0
Shares

काठमाडौँ । श्रीलंका भ्रमणमा रहेको नेपाली यू(१९ टिमले दोस्रो अभ्यास खेलमा बादुरालिया क्रिकेट क्लबमाथि ८० रनको फराकिलो जित हात पारेको छ । कोलम्बोस्थित सुर्रे क्रिकेट मैदान टस जितेर ब्याटिङ रोजेको नेपाल ४६ ओभर चार बलमा २०६ रनमा अलआउट भयो । नेपालका लागि ओपनर रित गौतमले ७६ रनको उत्कृष्ट पारी खेले । तर अर्का ओपनर पवन सर्राफ खाता नै खोल्न नपाई पवेलियन फर्किए ।

यस्तै नेपालका लागि हरिबहादुर चौहानले ५६, सन्दीप जोराले २४ तथा आसिफ सेखले १४ रन जोडे। नेपालका अर्का भरपर्दा ब्यास्टसम्यान आसिफ सेखलाई पनि नेपालले तेस्रो ओभरमा गुमायो। पहिलो अभ्यास खेलमा अर्धशतकीय पारी खेलेका आसिफ यस खेलमा भने १४ रनमा नै पवेलियन फर्किए। त्यस्तै चौथो स्थानमा क्रिजमा आएका खड्क बोहरा पनि २ रनमै एलबीडब्लुको सिकार भए।

दशौं ओभरमा कप्तान रोहितकुमार पौडेल पनि ३ रनमै बोल्डभएपछि नेपाललाई केही समस्या परेको थियो । त्यसपछि नेपाली इनिङ्स रित गौतम र सन्दीप जोराले अघि बढाए। २०।३ ओभरमा सन्दीप जोरा प्वाइन्टमा क्याच हुँदा नेपाल ८५–५ को स्थितिमा थियो। सन्दीपले मात्र २४ रन जोडेका थिए। नेपालको पारीको बिचमा बर्षा भएपनि नेपालले पुरै ५० ओभर खेलाइएको थियो । तर बादुरालियाको पारी डीएलएसको मेथडबाट ३१ ओभरमा झारीएको थियो ।

डर्कवर्थको नियमका आधारमा नेपालबाट ३१ ओभरमा पाएको १ सय ६५ रनको लक्ष्य पछ्याएको बादुरालिया ८० रनमै अलआउट भए । बलिङमा सागर ढकाल नायक बन्दै ५ विकेट लिए । भदौ १९ गतेबाट श्रीलंकामा सुरु हुने प्रतियोगितामा यसपटक टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तानसँगै दुई एसोसियट राष्ट्रहरु नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन्।

समूह ‘बी’ मा रहेको नेपालले समूह चरणमा टेस्ट राष्ट्रहरु श्रीलंका र बंगलादेशको र अन्तिम खेलमा यूएईको सामना गर्दैछ । नेपाली टोलीको लक्ष्य कम्तिमा टेस्ट राष्ट्रलाई पराजित गर्दै सेमिफाइनलसम्म पुग्नेछ।