स्कार्पियो गाडीसहित सात लुटेरा पक्राउ

0
Shares

सरोज यादव, विराटनगर ।
सटर फोरेर चोरी डकैती गर्दै आएको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएको ७ जनाको गिरोहमा ३ भारतीय र ४ नेपाली छन । उनिहरुले विभिन्न मितिमा विराटनगर महानगरपालिका भित्रका ४ वटा सटर फोरेर लाखौं रुपैया चोरी गरेको जनाईएको छ ।

अभियुक्तहरुले विराटनगर–२ शनिहाटमा रहेको पञ्चकन्या ट्रेड लिंकमा २०७६ साउन २३ गते बिहान ४ बजेको हाराहीमा सटर फुटाई ५ लाख ९५ हजार चोरी गरेका थिए । यसैगरि सोहि समयको आसपासमा नजिकै रहेको गणनायक मार्केट्रिङमा समेत सटर फुटाई ४ लाख चोरी गरेका थिए । अभियुक्तहरुले भाद्र ९ गते विराटनगर–७ स्थित कदमाहा कृषि सहकारी संस्था लिमिटेडबाट सटर फुटाई ४ लाख ९५ हजार र भाद्र १० गते विराटनगर–७ कै माँ भवानी इन्टरप्राईजेजबाट सटर फुटाएरै ६ लाख चोरी गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीले विहीबार पत्रकार सम्मेलनगरि घटनामा संलग्नलाई सार्वजनिक गरेको छ ।


पक्राउ गरिएका अभियुक्तहरुमा मधुबनी,कटैया ग्राम पञ्चायत–३ भारतका ३५ बर्षिय धमेन्द्र कामत,सोहि ठांउ वडानम्बर १ बस्ने ३२ बर्षिय लक्ष्मण गुप्ता र मधुबनी लदौत ग्रामपञ्चायत ६ का ४४ बर्षिय मोहम्मद मोतिउर रहमान छन । यसैगरि गौर नगरपालिका वडानम्बर ३ का ४१ बर्षिय मोहम्मद मोहिज धुनियाँ,सोहि ठांउका ५० बर्षिय बलराम क्षेत्री,ब्रम्हपुरी गांउपालिका वडानम्बर ४ बस्ने ५२ बर्षिय सेख मोहम्मद सलिफ र सोहि ठांउका ४६ बर्षिय शेख अलि असगर छन ।

घटनाको बिषयमा जानकारी दिनुहुंदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले अभियुक्तहरुले भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीबाट जोगबनीको बाटो विराटनगर प्रवेश गरेर रातको समयमा चोरी गर्दै आएको बताउनुभयो । अभियुक्तहरु समुहमा हिडने र गोल्ड कटरबाट सटरको ताला काटेर चोरी गर्दै आएको बताउनुभयो ।

भदौ ११ गते प्रहरीले पथरी शनिश्चरे नगरपालिका १ बाट उनिहरुलाई पक्राउ गरेको एसपी अधिकारीले जानकारी दिनुभयो । प्रहरीले अभियुक्तहरुको साथबाट घटनामा प्रयोग गरिएको बी आर ३२ पि ए २८३६ नम्बरको स्कार्पियो गाडी ७ थान मोबाईल,नेपाली सिम कार्ड १ र भारतीय सिमकार्ड १ थान,फलाम काट्न प्रयोग हुने कटर मेशिन १ थान,कम्ब्याक्टर पैन्ट र तन्ना लगायतका सामाग्रि बरामद गरेको छ । अभियुक्तहरुले लाखौंको चोरी डकैती गरेको भएपनि उनिहरुको साथबाट नेरु १२ हजार ८ सय ५० र भारु ११ हजार ४ सय १० रुपैया मात्र बरामद भएको प्रहरीले जनाएको छ । घटनामा मुख्य अभियुक्त मानिएका मधुबनी भारतका मोहम्मद कलाम फरार रहेका कारण सोहि ब्यक्ती रकम लिएर फरार भएको हुनसक्ने प्रहरीको अनुमान छ ।