काखीमा च्यापेर लागुऔषध

0
Shares

हेटौंडा । इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–१५, पिपल चौतारीस्थित सडकखण्डमा बीरगञ्जबाट हेटौंडातर्फ आउँदैं गरेको माइक्रोका एक यात्रुबाट लागुऔषध बरामद गरेको छ ।

ना. १ ज ८५२७ नम्बर यात्रुबाहक माइक्रो चेक गर्दा माइक्रोको सबभन्दा पछाडि झ्यालको छेऊ सिटमा बसेका हेटांैडा–१० बस्ने वर्ष २२ का निकेश थापाबाट लागुऔषध बरामद भएको हो ।

उनलाई शंका लागि चेक गर्दा उनले काखीमा च्यापेको झोलाभित्र कागजमा बेरेर रबरले बाँधिएको अवस्थामा लागुऔषध नाइट्रोभेट २० पत्तामा १५ को दरले ३ सय ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । उनलाई लागुऔषधसहित पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको छ ।