कर्मचारी समायोजनले कर्णाली प्रदेश मर्कामा पर्याेः मुख्यमन्त्री शाही

0
Shares

न्युज अफ नेपाल, काठमाडाै । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डेढ वर्षसम्म पनि संघीय कानून नबन्दा संघीयता कार्यान्वयनमा जटिला देखिएको बताएका छन् ।

बुधबार आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले डेढ वर्षसम्म पनि संघीय कानूनले पूर्णता पाउन नसक्दा संबैधानिक प्रश्न उब्जिएकाले संघीय, प्रदेश र स्थानीय सरकारबीच दूरी बढेको बताए ।
कर सम्बन्धमा पनि ३ सरकारबीच समस्या देखिएको पनि मुख्यमन्त्री शाहीले बताए । उनले एकल कर र साझा करबारे ब्यवहारमा तीनै तहका सरकारबीच समस्या देखिएको बताएका हुन् ।

मन्त्री शाहीले कर्मचारी समायोजनले कर्णाली प्रदेश मर्कामा परेकाले प्रदेश सरकारलाई कर्मचारीको अभाव परिपूर्तिको गर्ने व्यवस्था गर्न माग गरे ।