मन्त्री चढ्ने गाडी प्रहरी कारबाहीमा

0
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ ।बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेका सवारी साधानहरुमा प्रहरीले ह्वील लक लगाएको थियो ।

त्यसै क्रममा पार्किङ निषेधित क्षेत्रमा रोकिराखेको महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरेको हो ।
एक हजार रुपैयाँ जरिवाना गरेपछि मात्र छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।