संविधान दिवसको विदा डेटिङ जान र बियर खान दिएको होइनः सञ्चारमन्त्री बाँस्कोटा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ आफ्नो स्थानबाट योगदान दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सबैलाई आग्रह गरेका छन् ।

संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार प्रशार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा बाँस्कोटाले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको सहभागिता हुन्छ भन्ने आस गरेको बताए ।

बाँस्कोटाले संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिए ।

त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाइफ्रेण्डलाई भेट्न जानका लागी दिएको होइन । राष्ट्रिय दिवस नै मनाउन दिएको हो ।’

मन्त्री बास्कोटाले संविधान दिवसलाई कर्मकाण्डी भन्दा भिन्न रुपमा सबै वर्ग विशेषको सहभागिता हुने गरी हर्षोल्लासपूर्ण रुपमा मनाउनका लागि सिर्जनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गरे ।

संविधान दिवस मूल समारोह समिति अन्तर्गत सञ्चारमन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचार प्रसार उपसिमितिले बुधबार सञ्चार क्षेत्रसंग सम्बन्धित सबै सरोकारवालाहरुसंग छलफल गरेको हो ।