सालकको खपटासहित २ पक्राउ

0
Shares

भक्तपुर । दुर्लभ वन्यजन्तु सालकको खपटासहित प्रहरीले २ जनालाई आज पक्राउ गरेको छ । प्रहरीले भक्तपुर नगरपालिका–१० कमलविनायक चोकबाट खपटासहित काभ्रेपलोञ्चोकको मण्डनदेउपुर नगरपालिका–८ का १७ वर्षीय विशाल तामाङ र २७ वर्षीय श्यामबहादुर तामाङलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेकाे प्रहरीले बतएकाे छ ।

रासस