चोरीका मोबाइलसहित २ पक्राउ

0
Shares

भक्तपुर ।प्रहरीले विभिन्न ठाउँबाट मोबाइलसहित अन्य सामान चोरी गर्ने गिरोहका दुई जनालाई पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोबाट महानगरीय प्रहरी वृत्त थिमिले बनेपा नगरपालिका–८ का २४ वर्षीय पञ्च घलान र नुवाकोटको बागेश्वरी गाउँपालिका–४ का १९ वर्षीय एरिन तामाङलाई पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । उनीहरुका साथबाट ७ थान मोबाइल, एटिएम कार्ड, नागरिकतालगायत सामान बरामद गरिएको छ ।

थप अनुसन्धान भइरहेकाे प्रहरीले बतएकाे छ ।

रासस