खरेल र गोपालबीच भेट

0
Shares

काठमाडौं । नेपालका महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल र भारतका महान्यायाधिवक्ता के के वेणुगोपालबीच भेटघाट भएको छ। मंगलबार दिल्लीमा उनीहरूबीच भेटघाट भएको हो।

भेटमा दुईपक्षीय हितका र चासोका विषयमा छलफल भएको भारतीय दूतावासले जनाएको छ ।
कुन कुन मुद्दामा केकस्तो छलफल भएको भन्ने बारे खुलाइएको छैन। तर आगामी असोज ३ गते नेपालको संविधान दिवस परेकाले सो अवसरमा भारतबाट उच्च तहको राजकीय भ्रमण गराउने विषय हुन सक्ने सकां मात्र गरिएको छ।
नेपाल सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधान दिवसका अवसरमा हुने विषेश समारोहको प्रमुख आतिथ्यता ग्रहण गर्न निम्ता दिइसकेका छन ।