भालुको पित्तसहित १ पक्राउ

0
Shares

काठमाडौँ । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु भालुको पित्तसहित १ जनालाई पक्राउ गरेको छ । तेह्रथुमका ३१ वर्षीय विमल सोदेम्बा रहेको प्रहरीले बताएकाे छ । विमललाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ–२६ सामाखुशी रानीबारीबाट भालुको पित्तसहित आज दिउँसो पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले दुर्लभ वन्यजन्तुको पित्त अवैध कारोबार गर्दै गरेको अवस्थामा सोदेम्बालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । प्रहरीले सोदेम्बासँग ज्याकेटको खल्तीमा लुकाएर ल्याएको १७ ग्राम पित्तसमेत बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको राठौरले बताउनुभयो ।
रासस