पानी खान पार्टी प्रवेश गर्नुपर्ने आरोप

0
Shares

धादिङ । जिल्ला समन्वय समितिको तेश्रो जिल्ला सभा प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको थियो ।

शुभकामना मन्तब्यको क्रममा नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाको पालो आयो । उहाँले बोल्न सुरु गर्दा गर्दै वर्तमान सरकार विरोध गर्न सुरु भयो ।

जिल्ला सभामा सरकारपक्ष र प्रतिपक्ष जस्तो भएो थियो । संघिय साम्सद खेम लोहनीले जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाले विकास निर्माण र योजना निर्माणको काम गर्दा मेयरले पार्टी प्रवेश गाएपछि मात्र दिने गरेको जनताले आफूलाई गुनासो गरेको बताउनुभयो ।

निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले सांसदले पार्टी प्रवेशको कार्याक्रम गर्छन भने आफूले गर्न किन नहुने भन्दै प्रतिप्रश्न गर्नुभयो ।

धादिङका संघीय सांसद नेकपाको तर्फबाट टिकट पाएर विजयी भएका हुन् भने नीलकण्ठ नगपालिकाका प्रमुख ढुंगाना नेपाली काग्रेसका तर्फबाट टिकट लिएर विजयी भएका हुन् ।

जिल्ला सभाको उद्घाटन गर्न आउनुभएका प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणि पौडेलले पहिलेजस्तो विकासलाई पूर्वाधार निर्माणमा मात्र ध्यान दिने हो भने त्यसलाई वास्तविक अर्थमा विकास भन्न नमिल्ने भएकोले अबको विकास समग्र पक्षको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

संघियताको रक्षा गर्ने भनेको स्थानीय तहको सरकारको पहिलो काम भएकोले यसको रक्षाका लागि लागन सबैलाई आग्रह गर्दै मूख्यमन्त्री पोडेलले संघियता फेल भएका जताततै अन्धकार नै अन्धकार हुने बताउनुभयो ।

प्रदेश सरकारले एक पालिका एक औद्योगिक ग्राम बनाउन आब्हान गरेपनि हालसम्म धादिङका कुनैपनि स्थानीय तहले प्रदेश सरकामा प्रस्ताव पेश गर्न सकेको छैन । ठूला कृषि पर्म संचालन गर्ने सामूहिक खेती र एकिकृत खेती प्रणाली अपनाउन प्रदेश सरकारले कार्यक्रमा लागि माग गर्न गरेको आग्रह अनुसार धादिङबाट कुनै पनि माग नपरेको मूख्यमन्त्री पौडेलको भनाइ छ ।

कार्यक्रममा संघीय साम्सद खेम लोहनी, भूमि त्रिपाठी, ३ नम्बर प्रदेशका आन्तरिक मामला तथा कानून मन्त्री शालिकराम जम्मरकट्टेल लगायतले शुभकामना दिँदै जिल्ला समन्वय समितिले समन्वयको काम शशक्र पारेर अघि बढ्न आग्रह गडर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले २७ बुँदे निति तथा कार्यक्रम प्रस्तुत गर्दै जिल्लाको एकिकृत पाश्वचित्र तयारी गर्ने, जिल्लालाई पूर्ण सरसफाइ जिल्ला बनाउने बुढीगण्डकप् जलविद्युत परियोजना निर्माणमा सहजीहरण गर्ने, पर्यटन, रोजगारी सृर्जजना गर्न पहल गर्ने विषय उठान गर्नुभएको छ ।