ठगी गर्ने ३ जना पक्राउ

0
Shares

विभिन्न सहर तथा सपिङ मलमा रोजगारी दिलाउने भन्दै ठगी गर्ने ३ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी सार्बजनिक गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान१५ का उमेश मगर, विजय विक र मोहम्मद सरिफ मियाँ छन्। उनीहरूलाई ठगी मुद्दा दायर गरी अनुसन्धान गरिरहेको छ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार उनीहरूले चिनजानका व्यक्ति तथा अन्यलाई फोन सम्पर्क गरी रोजगारी दिलाउने भनेर १३ देखि १५ हजार रुपैयाँसम्म ठगेको उजुरी परेको छ ।
उनीहरू चोरीमा समेत संलग्न रहेको पाइएको छ । उनीहरुमाथी रातको समयमा मोबाइल, नगद, सुनचाँदी र अन्य जिन्सी सामानहरू चोरी भएको उजुरी परेको छ ।