सङ्घीयता सफल हुन्छः मुख्यमन्त्री पोखरेल

0
Shares

गुल्मी । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान अवस्थामा सङ्घीयता कार्यान्वयन प्रक्रिया सफल रुपमा अघि बढेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारले सुधारका प्रक्रिया अघि बढाएकामा त्यो मन नपराउने मात्रैसङ्घीयताको विरोध गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले आफूहरु यतिबेला सङ्घीयता कार्यान्वयनको सङ्घारमा हिँडिरहेको बताउनुभयो । संविधानको मूल मर्मअनुसार सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मुख्यमन्त्री पोखरेलले गत वर्ष प्रशासनिक संरचना निर्माणमा ढिलाइ भए पनि विकास निर्माणका हिसाबले प्रदेश नं ५ पहिलो स्थानमा रहेको दाबी गर्नुभयो ।
रासस