माैलिकता हराउन थाल्याेः मन्त्री पण्डित

0
Shares

काठमाडौं– संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले सकारात्मक विषयहरु हराउदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल एन प्याब्सनले मंगलबार राजधानीमा गरेको जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता कार्यक्रममा बोल्दै उनले मुलुकमा पछिल्लो समय नकारात्मक कुरा बढी र सकारात्मक कुरा हराउदै गएको बताएका हुन् ।

शिक्षा नै विकास र सम्मृद्धिको मुल आधारस्तम्भ भएको भन्दै सकारात्मक सोच र विचार प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गरे । अंग्रेजी माध्यमलाई प्राथमिकता दिए जस्तै नेपाली विषयलाई पनि कमजोर हुने वातावरण नबनाउन पनि मन्त्री पण्डीतले सचेत गराए ।

नृत्य प्रतियोगितामा भिजन एकेडेमी कोटेश्वर पहिलो , विपुल शिक्षा निकेतन बौद्ध दोश्रो र नेरिक एकेडेमी शंकमूल तेश्रो तथा कान्तिपुर एकेडेमी जोरपाटी चौथो भएका छन् । प्रथम हुनेले १५ हजार, दोश्रोले १० हजार, तेश्रोले ५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । चौथो देखि दशौ स्थान प्राप्त गरेकाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।