३ जना मृत फेला

0
Shares

काठमाडौं । सिराहा, तनहुँ र नवलपरासीका विभिन्न स्थानमा आज मंगलबार ३ जना मृत अवस्थामा फेला परेका छन् ।

सिरहाको कल्याणपुर नगरपालिका–३ मा ५५ वर्षीय शिवनाथ मलाह कमला खोला किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

तनहुँको ब्यास नगरपालिका–५ स्थित मादी खोला किनारमा लमजुङ मध्यनेपाल–८ का ४९ वर्षीय सूर्य बहादुर थापा मृत फेला परेका छन् ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–२ हरपुरका ६५ वर्षीय बुद्धीराम गौड झरही खोलामा मृत फेला परेका छन् ।

आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।