काठमाडौँ । भारतमा जारी पाचौँ संस्करणको साफ यू–१५ पन्ध्र वर्षमुनि पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई हराएको छ। भारतको कल्याणी रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ४–१ गोलले हराएको हो ।
यसअघि नेपालले श्रीलङ्कालाई २–० गोलले हराएको थियो । बङ्गलादेशसँगको खेलमा नेपालका लागि क्रिशन अधिकारी यादवले दुई तथा सुगन जिमी र प्रदीप लम्सालले एक÷एक गोल गरे । बङ्गलादेशका लागि मियाँले सान्त्वना गोल गरे । जितसँगै नेपाल तीन खेलबाट छ अङ्कका साथ दोस्रो स्थानमा उक्लिएको छ ।
तेस्रो स्थानमा झरेको बङ्गलादेशले पनि ३ खेलबाट ६ अङ्क नै बटुलेको छ । नेपालले अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ । नेपाल पहिलो खेलमा भारतसँग ५–० गोलले पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भुटान सहभागी छन् ।
रासस
प्रतिक्रिया