सांसदलाई पनि गाडी सुविधा दिनुपर्ने माग

0
Shares

काठमाडौँ । सार्वजनिक पदमा आसिन व्यक्तिलाई सरकारी खर्चमा दिइएको गाडी सुविधाबारे बहस भइरहेको छ । यहि माैका पारेर एक सांसदले आफूले पनि गाडी सुविधान पाउनु पर्ने माग गरेकी छिन्।

समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले मन्त्री सरह सांसदलाई पनि गाडी सुविधा दिनुपर्ने माग गरेकी हुन्।

मंगलबारको संसदको शून्य समयमा सांसद गुरुङले आफूहरुले पनि गाडी सुविधान पाउनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन ।
गुरुङले वरियतामा संघीय सांसदमाथि भए पनि त्यसअनुसारको सेवा सुविधा नपाइको जिकिर गरिन्।

गुरुङले भनिन्, ‘सांसदलाई सरकारले मर्यादाक्रमको वरियतामा आठौँ क्रममा राखे पनि गाउँपालिका अध्यक्ष सरह पनि सरकारी गाडीको सुविधा दिएको छैन।

सडकको दुरावस्था र ट्राफिक जाम हुने सार्वजनिक यातायातको भर पर्नुपर्ने, रातदिन टेम्पोमा झुण्डिएर यात्रा गरेको कुरा सबैलाई थाहा छ। त्यसैले सांसदहरुको सुरक्षा, कार्यक्षेत्र मर्म र भावना आत्मसात गरेर सरकारी गाडीको सुविधान उपलब्ध गराउन जोडदार माग गर्दछु।’

हाल संसद सचिवालयले सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, राष्ट्रियसभा उपाध्यक्ष तथा समितिका सभापतिहरुलाई गाडी सुविधा दिँदै आएको छ।