नेपाली भूमीमा भारतीय सिसिटिभी क्यामरा

0
Shares

इनरुवा । सम्पूर्ण कोसीक्षेत्रमा भौतिक संरचना निर्माणको काम भारतको हो। नेपाल सरकारको काम भारतले बनाएको संरचनाको सम्पूर्ण अनुगमनको जिम्मा हो। तर, भारतीय पक्षले अनुगमन गर्दै गरेको कामको जानकारी पनि नेपाल सरकारलाई छैन। न त नेपाल पक्षले अनुगमन गर्ने गर्छ न त जानकारी राख्ने र माग्ने गर्छ । कतिपय कामको जानकारीसमेत नदिने भारतीय पक्षले हालै नेपाली सीमाभित्र डिजिटल अनुगमन गर्ने काम शुरु गरेको पाइएको छ। कोसी ब्यारेज आसपास सुरक्षा कायम गर्ने भन्दै भारतले ब्यारेज क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरेको छ। सप्तकोसीको कोसी ब्यारेजलगायतका आसपासका सम्पूर्ण क्षेत्रमा भारत सरकारले अत्याधुनिक सिसी क्यामरा कोसी जडान गरी भारतबाट निगरानी गर्ने गरेको गरेको छ। कोसी परियोजनाको भारतीय कार्यालयले सिसीक्यामराको टिभी फुटेज एलइडी टिभी हेर्ने व्यवस्था भारत विहार राज्यको वीरपुर नगर पञ्चायतस्थित कोसी परियोजनाको एउटा भवनमा राखेको छ। परियोजनाले ब्यारेज आसपासको क्षेत्रमा ७२ ओटा सिसिटिभी राखेको छ।४ ुबेला बेलामा कोसी ब्यारेजमा बम हान्ने विषय नेपाली मिडियामा आएपछि भारतीय पक्षले क्यामरा राखेको हो।’ भारतीय पक्षले नेपाली सुरक्षाको संयन्त्रको त्यति विश्वास गर्दैन। विप्लव माओवादीले ब्यारेजमा बम हान्ने भनेपछि परियोजना कार्यालय गम्भीर भएको थियो। कोसी परियोजनामा केही काम गर्नु परे सोको जानकारी नेपाल सरकार अन्तर्गतको भू(आर्जन कार्यालयलाई जानकारी दिनु पर्दछ। सिसिटिभी राख्नु पर्ने भए पनि सोको जानकारी भू(आर्जनमार्फत अन्य निकायलाई हुनु पर्दछ। तर, डिजिटल अनुगमन गरेको विषय भू(आर्जनलाई जानकारीमा छैन। ुकोसी प्रोजेक्टमा हुने कामको जानकारी भारतले हामीलाई गराउनु पर्ने हो तर भारतले लगाएको सिसिटिभीसम्बन्धी हामीसँग आधिकारिक जानकारी आएको छैन’ भू(आर्जन अधिकृत सन्तोष चेम्जोङले भने ुयो विषयमा म सम्बन्धित निकायमा पहल बुझेर खबरदारी गर्नेछु।’ नेपालको भूमिमा भारतबाट निगरानी गर्न सिसी क्यामरा राखेको तथ्यबारेमा सुनसरीको स्थानीय प्रशासन र सुरक्षा निकायहरूलाई हालसम्म पनि आधिकारिक जानकारी छैन। हामीलाई जानकारी अहिलेसम्म आएको छैन’ प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले भने ुयदि लगाएकै रहेछ भने पनि सहमतिमै लगाएको होला।’ स्थानीय प्रशासनलाई जानकारी नभए पनि सीमाक्षेत्रमा ड्युटीमा रहेका साना पदका सशस्त्र र प्रहरीलाई भने सिसिटिभी राखिँदै छ भन्ने विषयको जानकारी थियो। साना पदकाले ठूलालाई रिपोर्टिङ गरे पनि कुनै कदमअगाडि नबढाइएको स्रोत बताउँछ। भारत सरकारले सिसिटिभी राख्ने एक वर्ष अगाडि देखिको पूर्वतयारी थियो। कोसी ब्यारेज क्षेत्रमा २०१९ अगस्ट २० अर्थात यसै महिनाको शुरुदेखि वीरपुरको कन्ट्रोल रुमबाट निरीक्षण गर्न थालेको थियो। सुनसरीको कोसी गाउँपालिका(८ र सप्तरी हनुमान नगर इलाकाको प्रत्यक्ष रूपमा निगरानी सुरु गरेको छ। कोसी ब्यारेजका ५६ वटै ढोका, पूर्वी नहर तथा आसपासका स्थानहरूमा गुप्तचरको काम गर्ने गरी राखिएको सिसी क्यामरा अत्याधुनिक छन्। एक इन्जिनियरले भने ’कोसीको सूचना लिन हाकिम साबहरूले राख्न लगाउनु भएको होला।’ नेपाल(भारत सीमाक्षेत्रमा रहेको वीरपुर कोसी ब्यारेजदेखि ११ किलोमिटर पूर्वतर्फ रहेको क्षेत्रमा कोसी परियोजनाको मुख्य कार्यालय छ। सो ठाउँमा राज्यको सुपौल जिल्लाको सदरमुकाम तथा भारत सरकारको सैन्य, अर्ध सैन्य फौजको हेडक्वार्टर र स्थानीय प्रशासन राज्य प्रहरी, विमानस्थल, अदालतलगायतका निकायहरू रहेका छन्। परराष्ट्र भन्छ स् नेपाली पक्षलाई जानकारी नहुनु आश्चर्य नेपाल र भारत सरकारको संयुक्त विषय भएकाले समाचार तयार गर्दै गर्दा परराष्ट्र मन्त्रालय अधिकारीहरूसँग सम्पर्क गर्दा यो विषय आश्चर्यको रहेको बताउँछन्। परराष्ट्र मन्त्रालयका सूचना अधिकारी सुरेश अधिकारीका अनुसार कुनै पनि सम्झौतारसहमति वा जानकारीबिना विदेशी राष्ट्रले काम गर्न पाउँदैन। ुजहाँसम्म कोसीको विषय छ सम्बन्धित निकायलाई पनि जानकारी नहुनु चाहिं आश्चर्यको विषय हो’ उनले भने।