डुबेर १ बालकको मृत्यु

0
Shares

ताप्लेजुङ । ताप्लेजुङमा पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिका(३ टाङसादिनका १५ वर्षीय किशोर मनकुमार चोङवाङको पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो।

उनको मंगलबार दिउँसो साढे २ बजे निर्माणाधीन मदन भण्डारी रंगशालामा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो।

घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।