पहिरो पिडितलाई राहत वितरण

0
Shares

न्यज अफ नेपाल, पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बोडीस्वाँरामा गएको पहिरोको स्थलगत अवलोकन गर्नुभएको छ ।
पहिरोपिडीतलाई भेट्न मंगलबार गृह जिल्ला पर्वत आउनुभएका अध्यक्ष तिमिल्सनाले स्थलगत अवलोकनका साथै पहिरोमा ज्यान गुमाएका परिवारलाई सरकारको तर्फबाट दिइने एक लाख नगद राहत हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष तिमिल्सिनाले पहिरोमा परि ज्यान गुमाएका परिवार तथा स्थानियबासीलाई भेटेर बिपद्को अबस्थामा सबै मिलेर उद्दार र राहतमा जुट्न आग्रह गर्नुभयो । उहाँले पिडीत परिवारलाई समबेदना ब्यक्त गर्दै धैर्य धारण गर्न र दिवंगत आफन्तका अधुरा सपना पुरा गर्नका लागि दृढ संकल्प लिन पनि आग्रह गर्नुभयो । उहाँले आफ्नो गृह जिल्लामा हुने हरेक दैबीप्रकोपका दुखद् घटनामा पिडीतको घाउँमा सानो भएपनि मल्हम लगाउने प्रयास गरेको बताउँदै थप राहतका लागि आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
उक्त अवसरमा पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले उद्दार र राहतको अबस्थामा जानकारी गराउनुभएको थियो ।
भदौ ५ गते बुधबार राती गएको पहिरोले घर बगाउँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको थियो । मृतक चालिसेको शब ओछ्यानमा नै सुतेको अबस्थाा फेला परेको थियो । घरमा श्रीमानलाई छाडेर छिमेकी गाउँमा छोरी भेट्न गएका कारण ज्यान बचेपनि डिलकुमारी चालिसे भावबिह्वल अवस्थामा आफ्ना पिडा सुनाउनु भएको थियो । श्रीमान गुमाएको सातौ दिन सम्म पनि आफुँलाई संहाल्न नसकेकी डिलकुमारीले पहिरोले बस्ने घर, लगाउने कपडा र खाने एक गेडो अन्न पनि नछाडेको बताउँनुभएको थियो । ‘बुढेसकालको मेरो सुखदुखको साथी पनि लग्यो उहाँले रुदै भन्नुभयो ‘पानी छेक्ने धुरी छैन, खाने अन्नको गेडो र शरीरमा लगाउने एकजोर कपडा पनि बाँकी राखेन’ अध्यक्ष तिमिल्सिनाले हतास नहुन र पिडीतको लागि सिंगो राज्य र सबै आफन्तहरु रहेको भन्दै आश्वस्त तुल्याउने प्रयास गर्नुभएको थियो ।
पिडीत परिवारलाई यस अघि कुस्मा नगरपालिकाले पनि १ लाख ५ हजार नगद हस्तान्तरण गरेको थियो ।