पहिरोका कारण २४ घर विस्थापित, ४ घर पुरिए

0
Shares

कालीवहादुर मल्ल, कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका–७ टाकुल्ला ढाडगाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । भिषण पहिरोका कारणले ४ घर पूरै पुरिनुका साथै २४ घरपरिवार विस्थापित भएका छन ।

सोमबार बेलुका आएको बाढी र पहिरोका कारणले २४ घर विस्थापित भएका हुन् । पहिरोका कारणले जोखिममा परेका घर परिवारहरुको अहिले राहत तथा उद्दारको कार्यममा सशस्त्र प्रहरी बल र नेपाली प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारणले ४ घर पूरै क्षति पुगेको अन्य २० घर निकै जाखिममा रहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताउनुभयो । ‘सोमबार बेलुका ६ बजेबाट बाढी पहिरो आएको र पहिरो आएको जानकारी पाउनासाथ स्थानीय घर छोडर भागेपछि जोगिन सवफल भएका हुन ।

दिउसो स्थानीय भाग्न सफल भएका सकारणले मानवीय क्षति भएन’ उहाँले भन्नुभयो, ‘धनमालको ठूलो क्षति भएको नगर प्रमुख शाहीको भनाइ रहेको छ ।’ बाढी र पहिरोका कारणले बालीगाड लघु जलविद्युत् आयोजना भत्किएको र राजमार्ग अवरुद्ध भएको नगर प्रमुख शाहीले बताउनुभयो ।
भषण पहिरोले दुइहप्तासम्म पनि कर्णाली राजमार्ग खुल्ने सम्भावना छैन । सडक खुलाउन रफ्तारमा लागेपनि दुइहप्तामा खुल्ने सम्भावना रहेको छ । जुम्लाबाट,मुगु देखि र सुर्खेत नेपालगन्जबाट आउने यात्रुहरु अलपत्र परिरहेका छन् ।

पहिरोमा भएको क्षतिको एकिन विरण आउन वाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।