रवि अदालत परिसरबाट निस्किए, स्वास्थ्य परीक्षणपछि मात्रै परिवारको जिम्मा लगाइने

0
Shares

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने अदालत परिसरबाट निस्किएका छन् । रविसहित युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’लाई सुरक्षाकर्मीले गाडीमा राखेर जिल्ला अदालतबाट बाहिर निकालेका हुन् ।

रविलाई केहीबेर अगाडिमात्रै जिल्ला अदालतले ५ लाख धरौटीमा छाडेको थियो । उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेपछि मात्रै परिवारको जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ ।

न्यायधीश हेमन्त रावलको इजलासले दुवै पक्षसँगको बहसपछि लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । अस्मितालाई साधारण तारेखमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।