अष्ट्रेलिया लैजाने भन्दै ठग्ने छ जना समातिए

0
Shares

काठमाडाैँ । अष्ट्रेलिया लैजाने भन्दै इन्डोनेशिया पुर्याई अलपत्र पार्ने ६ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारतको पजांप घर भइ इण्डोनेसिया बस्ने ३० वर्षीय परषोत्तम लाल, दोलखाको गैरीमुदी गाउँपालिका- १ स्थायी घर भइ नागार्जुन- १ बस्ने ३० वर्षीय शशी कुमार तामाङ, म्याग्दीको वेनी गाउँपालिका घर भइ पोखरा बस्ने ३० वर्षीय डोलेन्द्र कार्की, पर्वतको कुस्मा नगरपालिका- ३ का २७ वर्षीय शिव शर्मा, काभ्रेको चौरीदेउराली- ९ की २२ वर्षीय अस्मिरा चौलागाई र काभ्रे पनौती- ४ का २८ वर्षीय अर्जुन कार्की रहेका छन ।

उनीहरुलाई रोजगारी तथा अध्ययनको प्रलोभनमा पारी नेपालको विभिन्न स्थानहरूबाट अष्ट्रेलिया पठाउछौँ भन्दै इन्डोनेसियामा पुर्याई बेच्ने गरेकाे अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएकाे छ ।

पीडितहरुको राहदानी, नगद तथा भिषा समेतका कागजातहरु आफ्नो नियन्त्रणमा लिई त्यहाँ बस्ने भारतीयको मिलिमतोमा भाडामा लिईएको कोठामा राखी खानासमेत नदिएर बन्धक बनाई, कुटपिट गरी, आर्थिक, शारिरिक तथा मानसिक शोषण गर्ने गरेको प्रहरीकाे भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेकाे छ ।