सुनसरी । हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका ५ टपरा मुर्ताज मियाँ रहेका छन् । उनलाई ८ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीले हतियारको प्रयोग गरी हत्या गरेको अभियोगमा उनलाइ पक्राउ गरेको हो ।
उनले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने बहाब मियाँलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । धानमा किरा मार्ने बिषादी सेवन गरी आफै पनि अशक्त भएको खबर पश्चात प्रहरी चौकी भोक्राहाबाट खटिएको प्रहरीले दुवै जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएको थियो । बहाब मियाँको उपचारको क्रममा मृत्यु भएको थियो ।
मुर्ताज मियाको प्रहरीकै निग्रानीमा नोबेल अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।











प्रतिक्रिया