मोटरसाइकलबाट खसेर एक वृद्धको मृत्यु

0
Shares

गुल्मी । गुडिरहेको मोटरसाइकलबाट खसेर गुल्मीमा सोमबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीदरबार गाउँपालिका-६ मा लु.२७ प. ७३९० नम्बरको मोटरसाइकलबाट खसेर ८४ वषिर्य दोर्णनाथ कँडेल भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

मोटरसाइकलबाट खसेर भएका कँडेललाइ उपचारको लागी श्रृङ्गा प्रथामिक स्वास्थ्य चौकीमा लगिएको थियो ।

उनको उपचारको क्रममा श्रृङ्गा प्रथामिक स्वास्थ्य चौकीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

३२ वर्षीय बिष्णु विश्वकर्माले चलाएको मोटरसाइकलको पछाडि सामान समातेर बस्ने क्रममा कँडेल मोटरसाइकलबाट खसेका थिए ।

मोटरसाइकल चालक विश्वकर्मालाई नियन्त्रणमा राखेर थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।