न्युज अफ नेपाल, काठमाडौं ।
अबदेखि ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले हवाई भाडामा ५० प्रतिशत छुट पाउने भएका छन्।
पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिकालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा सोमबार गरेका हुन्।
मन्त्रालय र मन्त्रालयसँग सम्बन्धित कार्यालयहरूको कार्ययोजना सार्वजनिक गर्न सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलन मन्त्री भट्टराईले यो निर्णयको घोषणा गरेका हुन् ।
मन्त्र भट्टराईले त्रिभुवन विमानस्थलको व्यापक सुधारको कार्ययोजना पनि सार्वजनिक गरेका छन्। यो विमानस्थल सुधारसँगै रामेछाप विमानस्थललाई आन्तरिक विमानस्थलको विकल्पका रूपमा प्रयोग गर्न स्तरोन्नति गरिने पनि बताए ।
उनले त्रिभुवन विमानस्थल क्षेत्रमा सरकाले तोकेको संवैधानिक निकायका सम्माननीय उपाधि पाएकालाई मात्रै गाडीसहित जान दिइने पनि बताए।
जस अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले गाडीसहित प्रवेश पाउनेछन्।











प्रतिक्रिया