एक नेपाली, एक विदेशी साथि नेपाल पठाऊ अभियान

0
Shares

काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग मिलेर ‘एक नेपाली, एक विदेशी साथि नेपाल पठाऊ अभियान’ चलाउने भएको छ ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन लक्ष्य राखेको थियो । सोही कार्य अन्तर्गत पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस्तो अभियान सञ्चानल गर्न लागेको हो ।

सोमबार मन्त्रालयले कार्ययोजना सार्वजनिक गर्दै नवनियुक्त मन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई सफल पार्ने हिसाबले यस्तो अभियान अघि सारेको बताउनुभयो ।