जंगलमा भेटिएको बेबारिसे शबको पहिचान

0
Shares

प्युठान। जिल्लाको माण्डवि क्षेत्रमा आज बिहान फेला परेका बेबारिसे शबको पहिचान भएको छ ।

प्यूठान माण्डबि गाउपालिका वडा नम्बर ५ स्थित ज्योति सामुदायिक जंगल स्थित बहुला खोला भन्ने ठाउमा सडिगलेको अबस्थामा फेला परेको उक्त शब स्वर्गद्वारी न.पा.६खानेखोला बस्ने बर्ष ७३को ठगुराम बस्यालको रहेको प्रहरीले जनाएको छ ।

मृतकका छोरा गंगाराम वस्यालले आफ्नो बुवा भएको पुष्टी गरेपछि शबको पहिचान भएको हो । मृतक श्रेको शवलाई पोष्टमाटम्पछि आफन्तको जिम्मा लगाईने प्युठान प्रहरीले बताएको हो।