विप्लवका कार्यकर्ता दिनहुँ पक्राउ

0
Shares

तनहुँ। सरकारले प्रतिबन्धित गरेको नेकपा माओवादी नेत्रविक्रम चन्द विप्लव समूहको भातृ संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनका कार्यकर्ता दिनानुदिन पक्राउ परेका छन । त्यस्तै तनहुँकी अध्यक्ष एवं पार्टीको जिल्ला सदस्य ममता रुचाललाई पनि आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। व्यास नगरपालिका–११ बाट ममतालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

तनहुँबाट प्रहरीले हालसम्म सोह्र जना विप्लवका कार्यकर्ता पक्राउ गरिसकेको प्रहरीले बताएको छ । पक्राउ परेकी ममताको साथबाट पार्टीको पर्चा पम्प्लेटलगायतका सामग्रीहरु बरामत गरिएको प्रहरीले जनाएको छ। ममता केहि दिन देखि प्रहरीको निगरानीमा परेकी थिइन ।