नवलपरासी, (नेस)। पूर्वी नवलपरासीको अरुणखोलास्थित भाँचिएको पुल मर्मत भएसंगै आइतबार बिहानदेखि पूर्ववत रुपमा सवारी सञ्चालन भएको छ।
गत साउत २९ गते मालबाहक ट्रकले ठक्कर दिँदा पूर्वपश्चिम राजमार्गस्थित अरुणखोलाको पुल भाँचिएको थियो।
डिभिजन कार्यालय बुटवलले ममर्त गरेपछि पुलबाट आवागमन सुचारु भएको हो।
पुल भाँचिदा खोलामा बनाइएको डाइभर्सन चारपटकसम्म बाढीले बगाएको थियो जसका कारण करिब २ साता यात्रुहरूले कष्टपूर्ण यात्रा गर्नुपरेको थियो।











प्रतिक्रिया