हेटौंडा, (नेस)। नेकपा मकवानपुरको आइतबार सम्पन्न जिल्ला सचिवालय बैठकले स्थानीय तहमा अध्यक्ष र सचिव तोकेको छ। पार्टी एकीकरणपछि मकवानपुरका स्थानीय तहले बल्ल पार्टी अध्यक्ष र सचिव प्राप्त गरेका हुन्।
पार्टी जिल्ला अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले नेकपा हेटौंडा उपमहानगर कमिटी अध्यक्षमा रघु आचार्य र सचिवमा तीर्थबहादुर थापालाई चयन गरेको छ। थाहा नगर अध्यक्षमा अरुण रायमाझी र सचिवमा सानोकाजी गोपालीलाई चयन गरिएको छ।
सचिवालय बैठकले नेकपा बागमती गाउँपालिका अध्यक्षमा अरुण बल र सचिवमा उत्तम पौडेल, बकैया गाउँपालिका अध्यक्षमा नारायणप्रसाद तिमल्सिना र सचिवमा भक्तबहादुर खत्री, मकवानपुरगढी गाउँपालिका अध्यक्षमा रामजीप्रसाद सापकोटा र सचिवमा राजकुमार खड्कालाई चयन गरेको छ।
भीमफेदी गाउँपालिका अध्यक्षमा सानु थापा र सचिवमा दीपक गोले, इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा ऋषि पुडासैनी र सचिवमा पदम लामा चयन हुँदा कैलाश गाउँपालिका अध्यक्षमा बुद्धिबहादुर मोक्तान र सचिवमा लालसिंह गुरुङ, राक्सिराङ अध्यक्षमा हस्तबहादुर मोक्तान र सचिवमा ओमबहादुर स्यांतान, मनहरी अध्यक्षमा रामप्रसाद कालाखेती र सचिवमा हेमलाल उप्रेतीलाई चयन गरिएको नेकपा मकवानपुर अध्यक्ष सिग्देलले बताउनुभयो।
नेकपा मकवानपुर हाँक्ने सात जनाको जिल्ला कार्यालय टिम पनि छनौट गरिएको छ। पुराना र अनुभवी, पहिले दुवै पार्टीमा पदाधिकारीमा रहेकालाई चयन गर्दै सात जनाको कार्यालय टिम बनाइएको हो।
कार्यालय टिममा अध्यक्ष सिग्देल, सचिव प्रेमबहादुर पुलामी, बद्री लम्साल, बलराम बल, एकालाल श्रेष्ठ, श्रीधर पोखरेल र प्रमिला लामालाई चयन गरिएको छ।











प्रतिक्रिया