ट्राफिक प्रहरीलाई सचेतनामूलक होर्डिङ बोर्ड

0
Shares

गणेश घिमिरे, इलाम । इलाम, पछिल्लो समय ट्राफिक प्रहरी इलामले थालेको सचेतना अभियानमा निजी क्षेत्रको सहयोग जुट्न थालेको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने दायित्व सबैको हो।

साझा पहल र सहकार्यले सवारी दुर्घटना कम गर्न सकिन्छ भन्ने चेतना फैलएपछि ट्राफिक प्रहरीको सचेतना अभियानमा संघ–संस्था, विद्यालय, बैंकलगायत निजी क्षेत्रहरूबाट विभिन्न किसिमका सहयोग जुट्ने क्रम बढेर गएको हो।

मेची राजमार्गमा राखिएका विभिन्न ट्राफिक सचेतनामूलक र सांकेतिक चिह्नका बोर्डहरू ट्राफिक प्रहरीलाई विभिन्न क्षेत्रबाट उपलब्ध काम शुरु भएको छ। यसैक्रममा इलाम सदरमुकाममा सञ्चालित युनाइटेड फाइनान्स लिमिटेडले एक लाखभन्दा बढी मूल्यबराबरको ट्राफिक सचेतना होडिङ बोर्ड तथा सांकेतिक बोर्ड जिल्ला ट्राफिक प्रहरी इलामलाई उपलब्ध गराएको छ।

फाइनान्सले एक लाख ४५ हजार मूल्यबराबरको होडिङ बोर्ड बैंककोे समाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत उपलब्ध गराएको छ। सो फाइनान्सको इलाम शाखा प्रमुख गोबिन्दकेशरी पोखरेलले जिल्ला प्रहरी कार्यालय इलाका प्रमुख हिराबहादुर पाण्डे र जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज दिलिपकुमार चौधरीलाई हस्तान्तरण गर्नुभयो।

ट्राफिक प्रहरी इलामले यसअघि पनि राजमार्गका विभिन्न ठाउँमा विभिन्न संघसंस्था, बैंकलगायतको सहकार्यमा होडिङ बोर्ड राख्दै आएको छ। सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नै युनाइटेड फाइनान्सले स्वास्थ्य शिबिरलगायतका सामाजिक कामसमेत गर्दै आएको छ।