अनिल खत्री, गुल्मी। गुल्मीको सदरमुकाम तम्घास बजारमा सीसीटिभी क्यामरा जडान बैंकले आर्थिक सहयोग गरेका छन्। बजारका अति संबेदनशील स्थानमा सीसीटिभी जडान गर्न जिल्ला सदरमुकाम तम्घासमा रहेको बैंकसहित विभिन्न संघ संस्थाले सहयोग संकलन गरिरहेका छन्।
सीसीटिभीका लागि साइन रेसु·ा बैंकले सहयोग गरेको छ। बैंकका शाखा प्रमुख दिवस श्रेष्ठले जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई २५ हजारको चेक हस्तान्तरण गरेका हुन्। सामाजिक उत्तर दायित्वलाई विशेष प्राथमिकता दिँदै बैंकले आर्थिक सहयोग गरेका छन्।
अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउने उद्देश्यले सीसीटिभी क्यामरा जडान गर्न लागिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो। क्यामरा जडानको लागि जिल्ला प्रशासनको अगुवाईमा विभिन्न संघ संस्थाको सक्रियतामा जडान हुने भएको हो।
हाल बजारका केही स्थानमा जडानको सुरुआत भएपनि पूरै बजारलाई समेट्ने गरी आर्थिक रकम संकलनपछि जडान गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताउनुभयो। सीसीटिभी क्यामरा जडान गर्नका लागि सदरमुकाम तम्घासमा रहेका ४५ वटा संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
क्यामरा जडानका लागि हालसम्म ४ वटा संस्थाले सहयोग गरेको प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताउनुभयो। प्रतिबद्धता जनाउने संस्थाहरूमा बैंक २५ हजारका दरले र अन्य संघ संस्थाले अबस्था हेरेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
बजार क्षेत्रमा सिसीक्यामरा जडानसँगै शहरी क्षेत्रमा शान्ति सुरक्षा व्यवस्थापनलाई सहयोग पुर्याउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो। प्रशासनको अगुवाईमा बजार क्षेत्रभित्र आवश्यकता हेरेर सीसीटिभी क्यामेरा जडान गर्न लागेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ।
सीसीटिभी क्यामेरा जडानले अपाराध नियन्त्रणमा सहयोग पुग्ने र व्यवसायीले आफ्ना व्यवसाय ढुक्कसँग गर्नसक्ने व्यवस्था मिलाउन सहयोग गर्ने प्रशासकीय अधिकृत पाण्डेयले बताउनुभयो। क्यामरा जडानको लागि आर्थिक संकलन सुरुआत भइरहेको र संकलित आर्थिक रकमबाट छिट्टै जडान गरिने पौडेलले बताउनुभयो।











प्रतिक्रिया