नेपाल समाचारपत्र, लमजुङ।लमजुङ उद्योग वाणिज्य संघले जिल्लाको पर्यटन प्रवद्र्धनसँगै ३ होमस्टे व्यवस्थापन समितिका लागि डस्बिन वितरण गरेको छ। उद्योग वाणिज्य संघले घरबास अर्थात् होमस्टे सञ्चालन भएका जिल्लाका पर्यटकीय गाउँसिउँरुङ, पुरानकोट र चिसापानीमा फोहोर संकलनका लागि बाल्टिन वितरण गरेको हो।
संघले मस्र्याङदी गाउँपालिका–३ स्थित सिउँरुङ होमस्टेलाई १९ वटा, बेसीशहर नगरपालिका–४ स्थित पुरानकोट होमस्टेलाई १२ र सोही नगरपालिका–२ को चिसापानी होमस्टेलाई ८ गरी जम्मा ३९ वटा डस्बिन वितरण गरेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताउनुभयो।
उहाँका अनुसार संघले पर्यटन प्रवद्र्धनसँगै होमस्टे व्यवस्थापन तथा सरसफाईका लागि डस्बिन वितरणको कार्य गरेको हो। उहाँका अनुसार कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टैरूपमा संकलन तथा व्यवस्थापनका लागि स्थानीयलाई सहज हुने अपेक्षाका साथ सानो सहयोग प्रदान गरिएको हो। ती डस्बिन खरिदका लागि कुल २३ हजार रुपियाँखर्चभएको संघका द्वितीय उपाध्यक्ष गुणराज सिलवालले बताउनभयो।











प्रतिक्रिया