पहिला राजनीतिले काम गर्न दिएन अब जनचाहनाको काम गर्छु: ज्ञावाली

0
Shares

राजेन्द्र गजुरेल, नुवाकोट।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञावालीले पहिलो कार्यकालमा विभिन्न राजनीतिक कारणले गर्दा आफूले काम गर्न नसकेको र अब जनताका चाहनाअनुसारको काम गर्ने बताउनुभएको छ।

आइतबार नुवाकोटको विदुर नगरपालिका–२ साततले दरबार परिसरमा आयोजित एक कार्यक्रममा उक्त भनाइ राख्नुभएको हो। वि.सं १८२५ सालमा पृथ्वीनारायण शाहले निर्माण गर्नुभएको साततले दरबार २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनाएको थियो।

उक्त क्षतिग्रस्त दरबारको पुननिर्माणको अवस्था बारे बुभ्नका लागि नुवाकोट आउनुभएका ज्ञावालीले सरोकारवाला, सर्वसाधारण र पत्रकारहरूबीचको अन्तरक्रिया कार्यक्रममा पनि सहभागिता जनाउनुभएको थियो। भूकम्पपछिको ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय संरचनाहरूको पुनर्निर्माणमा आफू लागि परेको ज्ञावालीले बताउनुभयो।

‘नेपाल साँस्कृतिक संम्पदा र संस्कृतिले भरिपूर्ण रहेकोमा भूकम्पले त्यसलाई केही असर परेकाले त्यस्ता संरचनाको पुनर्निर्माण गर्न अब कत्ति पनि ढिला गर्ननहुने ज्ञवालीले बताउनुभयो।’

साततले दरबार परिसरमा नै निर्माण भइरहेको सम्पदा गाउँ निर्माणप्रति आफू सकामरात्मक रहेको र त्यसले पनि इतिहासलाई सम्झाउन मद्दत गर्ने र त्यस्ता कार्य नेपालको हरेक ठाउँठाउँमा हुनुपर्ने उहाँले बताउनुभयो।

अन्र्तक्रिया कार्यक्रममा सहभागीहरूले भूकम्पपीडितले सरकारबाट पाउँनुपर्ने राहतमा अनियमितता भएको र वास्तविक पीडितको गुनासो नसुनेको र वास्तविक पीडित प्राधिकरणले पहिचान गर्न नसकेको लगायतका प्रश्न सहभागीले गरेका थिए।

उक्त प्रश्नको उत्तरमा ज्ञावालीले भूकम्पपीडितको नाममा कु्नै पनि अनियमितता नभएको बताउनुभएको छ। स्थानीय स्तरबाट नै पीडित हो भनेर प्रमाणित भएर आएकाले त्यसप्रति हामीले केही गर्न नसकिने भएकाले पनि त्यस्तो समस्या उत्पन्न भएको उहाँले बताउनुभयो। साथै उहाँले सोही कारणले गर्दा पनि वास्तविक पीडित पहिचान गर्न कठिनाइ भएको बताउनुभयो।

सोही कार्यक्रममा पूर्वपरराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले नुवाकोटको ऐतिहासिक धरोहरको पुनर्निर्माण आफू सधैं प्रतिबद्ध रहेको बताउनुभयो। पाण्डे फरक प्रसंङ्गमा नुवाकोटमा मापदण्डविपरीत भइरहेको नदीजन्य पदार्थको दोहोेन कसैले नेता र पावर देखाएर गर्न खोज्छ भने त्यलाई कारबाही गर्न पछि नहट्न प्रमुख जिल्ला अधिकारि र प्रहरी प्रमुख दुवैलाई निर्देशनसमेत दिनुभएको छ।