प्रजिअलाई गाली गर्ने एक पक्राउ

0
Shares

वीरगन्ज, (नेस)। सामाजिक सञ्जालमार्फत गाली गरेको अभियोगमा बाराका एक युवक पक्राउ परेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारीलाई गाली गरेको अभियोगमा बाराको सिम्रनगढ नगरपालिका ७ खजानीका शन्निकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

गुप्ता श्री कंकाली अटो ट्रेडर्सका सञ्चालकसमेत हुन्। उनले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई सामाजिक सञ्जालमार्फ अपशब्द प्रयोग गरेकाले नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।

गुप्तामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्लाका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो।