झडपमा सुरक्षाकर्मीसहित केही घाइते 

0
Shares

चितवन, (नेस)। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेको रिहाइको माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ।

प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी लामिछानेका समर्थकहरू प्रदर्शनका क्रममा उग्र रुपमा उत्रेपछि प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो।

अदालतमा थुनछेक बहस नसकिएका कारण रविसहित तीन जनालाई थप एक दिन थुनामा राख्न दिइएको आदेशको विरोध गर्दै उनीहरूले प्रदर्शन गरेका थिए।

जिल्ला प्रहरी कार्यालयअगाडि भएको प्रदर्शनमा १३ राउन्ड अश्रुग्याँस प्रहार भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनबाट करिब पाँच सय मिटरको दूरीमा लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो। झडपमा केही प्रहरी पनि घाइते भएको बताइएको छ।