रक्तदान कार्यक्रम सम्पन्न

0
Shares

काठमाडौं, (नेस)। लायन्स क्लब अफ काठमाडौं इन्द्रायणी खुसीबुँद्वारा आयोजित खुल्ला रक्तदान र स्वास्थ्य शिविर सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष लायन सगारकुमार डंगोलको संयोजकत्वमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि एलसीआईएफ एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटी तथा फस्ट भीडीजी लायन मनबहादुर रोकाको उपस्थिति रहेको थियो।

कार्यक्रममा ८० जनाले रक्तदान गर्नुभएको छ भने रक्तदाताहरू र स्वास्थ्य शिविरमा स्वास्थ्य सेवा लिनुहुने सम्पूर्णलाई संस्थाका अध्यक्ष लायन डंगोलले धन्यवाद दिनुभएको छ।